• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

संघीय संसदको चालु अधिवेशन शुक्रबारदेखि अन्त्य

काठमाडौँ । संघीय संसदको चालु अधिवेशन अन्त्य भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम सरकारको सिफारिशमा चैत २७ गते शुक्रबार राती १२ बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका हुन् ।

फागुन २१ गते सम्पन्न निर्वाचनपछि चैत्र १९ गतेदेखि चालु अधिवेशन बोलाइएको थियो । सरकारले छिट्टै बजेट अधिवेशन बोलाउन चालु अधिवेशन अन्त्यको सिफारिस गरेको बताइएको छ ।

राष्ट्रपति पौडेलले शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दैछन् । निर्वाचनपछिको संघीय संसद्को पहिलो बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने व्यवस्था छ ।