• २०८३ साउन २९
  • 2026 August 14, Friday

एभरेष्ट इन्जिनियरिङ कलेज र इन्फो डेभलपर्सबीच समझदारीपत्र हस्ताक्षर

ललितपुर । एभरेष्ट इन्जिनियरिङ कलेज (EEC) र सूचना प्रविधि क्षेत्रको अग्रणी संस्था इन्फो डेभलपर्सबीच शैक्षिक तथा औद्योगिक सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले समझदारीपत्र (MoU) हस्ताक्षर गरिएको छ।

उक्त समझदारीपत्रमार्फत दुवै संस्थाबीच विद्यार्थीका लागि इन्टर्नसिप, तालिम, कार्यशाला तथा अनुसन्धानका क्षेत्रमा सहकार्य गरिनेछ। साथै, उद्योगको आवश्यकता अनुसारको सीप विकासमा जोड दिँदै विद्यार्थीलाई व्यवहारिक ज्ञान प्रदान गर्ने लक्ष्य राखिएको छ।

सम्झौतामा एभरेष्ट इन्जिनियरिङ कलेजका प्रतिनिधि तथा इन्फो डेभलपर्सका उच्च अधिकारीहरूको उपस्थितिमा हस्ताक्षर सम्पन्न भएको हो। कार्यक्रममा वक्ताहरूले यस सहकार्यले शिक्षा र उद्योगबीचको दूरी कम गर्दै दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

यो साझेदारीले विद्यार्थीलाई वास्तविक कार्यक्षेत्रसँग जोड्ने अवसर प्रदान गर्नुका साथै प्रविधि क्षेत्रमा नवीनता र अनुसन्धानलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।