• २०८३ मंसिर ९
  • 2026 November 24, Tuesday

महालक्ष्मी विकास बैंकद्वारा जेहेन्दार विद्यार्थीलाई ५० हजार छात्रवृत्ति

झापा । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘सिरताराम प्रसाईं महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति’ प्रदान गरेको छ।

बैंकले मेचीनगर–१४, झापास्थित श्री सीताराम प्रसाईं सामुदायिक अंग्रेजी विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा मुस्कान खातुनलाई ५० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरेको हो।

आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार विद्यार्थीलाई अध्ययनमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले उक्त छात्रवृत्ति प्रदान गरेको जनाएको छ।