• २०८३ साउन २९
  • 2026 August 14, Friday

अमेरिका र इरान तनाव कम गर्न ‘पछाडि हट्न’ सहमत भएको दाबी

काठमाडौं । विगत केही दिनयता इरान र अमेरिकाबीच भएका आक्रमणपछि दुवै देश तनाव कम गर्न र ‘पछाडि हट्न’ सहमत भएको दाबी गरिएको छ ।

एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले अमेरिका र इरान फेरि युद्ध रोक्न सहमत भएको उल्लेख गरेको हो।

होर्मुज स्ट्रेट र त्यसको आसपासका क्षेत्रमा भएका शृंखलाबद्ध आक्रमणपछि यो सहमति भएको हो। यी घटनाहरूपछि दुवै देशले एक–अर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाएका थिए।

बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजसँग ती अधिकारीले पुष्टि गर्दै अब जहाजहरूले यो समुद्री मार्गबाट स्वतन्त्र रूपमा आवतजावत गर्न सक्ने बताएका छन्। उनले युद्ध अन्त्य गर्ने उद्देश्यका साथ नयाँ वार्ताहरू जारी रहने पनि बताए।

होर्मुज स्ट्रेटमा आक्रमण रोक्ने सहमतिको रिपोर्टबारे इरानले हालसम्म कुनै टिप्पणी गरेको छैन। जुन १७ मा अमेरिका र इरानले १४ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेका थिए।