• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

मिटरब्याजसम्बन्धी सबै आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले अनुचित लेनदेन मिटरब्याज सम्बन्धमा विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने निर्णय गरको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अनुचित लेनदेन मिटरब्याज सम्बन्धमा विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन कार्यन्वयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् ।

त्यस्तै, बैठकले सशस्त्र प्रहरी बल नेपालका विपद् खोज उद्धारमा खटिने कर्मचारीको प्रोत्साहन भत्ता उपलब्ध गराउने, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, नेपाल वायुसेवा निगम सञ्चालक समितिको अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त गर्ने निर्णय गरेको छ । यसैगरी, बिउ बिजन (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय समेत गरेको प्रवक्ता पोखरेलले जानकारी दिएका छन् ।