• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

पदमा अर्यालको प्रश्न : सुनसरीमा गोली चल्दा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा आउँछ कि आउँदैन ?

काठमाडौँ । नेकपा एमालेले सुनसरी घटनाको जिम्मेवारी लिन सरकार तयार छ की छैन भन्ने प्रश्न गरेको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेकी नेतृ पदमा अर्यालले सुनसरी घटना दुखद भएको भन्दै सरकारले शान्ति कायम गराउन भूमिका खेल्न नसकेको आरोप लगाएकी छन् ।

सांसद आर्यालले हिजो काठमाडौँमा गोली चल्दा तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाई फौजदारी अभियोग लगाउने सरकारले सुनसरी घटनामा प्रधानमन्त्री र गृहमन्त्री दोषी हुन्छन् या हुँदैनन्, राजीनामा आउछ की आउदैन भन्ने प्रश्न गरेकी छन् ।

उनले प्रधानमन्त्रीले संकटको समयमा अगाडी आएर नेतृत्व लिन नसकेको भन्दै प्रधानमन्त्री पद सिंहदरबारमा सजाउनको लागि नबनाइएको बताइन् ।

उनले विगतमा पनि यस्ता घटना हुँदा तत्कालिन सरकारहरुले समाजमा सद्भाव कायम गर्न सफल भएको उल्लेख गर्दै अहिले सरकारले कुनै किसिमको पहल कदमी नलिएको भन्दै आलोचना गरेकी थिइन् ।

सांसद अर्यालले विपद व्यवस्थापन बारे समेत सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।