काठमाडौँ । प्रथम राष्ट्रपति डा रामबरण यादव र प्रथम उपराष्ट्रपति परमानन्द झा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितल निवास पुगेका छन् । शुक्रबार राष्ट्रपति पौडेलसँग उनीहरुले सुनसरीको देवानगन्ज गाँउपालिका कप्तानगन्जलगायत तराई मधेशका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितीका बारेमा छलफल गरेका हुन् ।
छलफलमा राष्ट्रपति रामचन्द्र पौडेलले उक्त घटनाप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम सबैले पहल गर्नुपर्ने धारणा राखेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
प्रथम राष्ट्रपति डा यादवले सरकारले यो विषम अवस्थामा सबै राजनीति दल, नागरिक समाज, धार्मिक अगुवा तथा आम नागरिकको साथ लिएर समस्या समाधान गर्ने क्षामता राख्नुपर्ने बताएको थिए ।