• २०८३ कार्तिक २७
  • 2026 November 13, Friday

हट्यो सिरहाको गोलबजारको कर्फ्यु

काठमार्डौं । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका क्षेत्रमा जारी कर्फ्यु आदेश हटाएको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार गोलबजार नगरपालिका क्षेत्रमा आज साँझ ७ बजेदेखि कर्फ्यु आदेश हटाएको जनाएको हो ।

जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषणपछि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु लगाइएको थियो ।