काठमाडौं । एनएमबी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक (वैशाख, जेठ र असार) को वित्तीय विवरण सार्वजनिक गरेको छ।
बैंकले पहिलोपटक खुद नाफा ४ अर्बको कोसेढुङ्गा पार गर्दै ऐतिहासिक सफलता हासिल गरेको हो।
विवरणअनुसार खुद नाफा अघिल्लो वर्षको २.८५ अर्बको तुलनामा ४०.६ प्रतिशतले वृद्धि भई ४ अर्ब १ करोड रुपैयाँ पुगेको छ। यो अवधिमा कुल वितरणयोग्य नाफा १.८७ अर्ब रहेको छ भने प्रतिसेयर वितरणयोग्य नाफा ९.०८ प्रतिशत कायम भएको छ।
बैंकको प्रभावकारी वासलत व्यवस्थापनका कारण खुद ब्याज आम्दानी १७.५ प्रतिशतले बढेर ९.४२ अर्ब रुपैयाँ पुगेको छ। शुल्क तथा कमिसन आम्दानी समेत बढेको छ। बैंकले डिजिटल र ट्रान्ज्याक्सन बैंकिङमा भएको वृद्धिसँगै शुल्क तथा कमिसन आम्दानी १६.६ प्रतिशतले बढेर २.८३ अर्ब पुर्याएको छ।
खुद ट्रेडिङ आम्दानी पनि ह्वात्तै बढेको देखिएको छ। बैंकले ट्रेजरी तथा वैदेशिक मुद्रा कारोबारमा भएको सुधारका कारण ट्रेडिङ आम्दानी ८९.० ले बढाउँदै ६८ करोड १४ लाख २० हजार रुपैयाँ पुर्याएको छ। प्रतिफल दरहरू पनि राम्रो गरेको बैंकको पुँजी प्रतिफल र सम्पत्ति प्रतिफलमा सुधार भई क्रमश ११.५८ प्रतिशत र १.०४ प्रतिशत छ।