• २०८३ कार्तिक १९
  • 2026 November 05, Thursday

लगानीको बोर्डको सीईओमा यांकी उक्याब नियुक्त

काठमाडौं । सरकारले लगानीको बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सरकारले अर्थशास्त्री यांकी उक्याबलाई नियुक्त गरेको छ ।

सरकारका प्रवक्ता सस्मित पोखरेलले उक्याबलाई बोर्डको सीईओ नियुक्त गरेको जानकारी दिएका हुन् ।

उक्याब विकास अर्थशास्त्री हुन्। यसअघि लगानी बोर्डमै परामर्शदाताको रूपमा काम गरेकी काठमाडौँ निवासी उक्याब सार्वजनिक नीति, दिगो विकास, जलवायु, आर्थिक विकास तथा लगानीका विषयको विशेषज्ञका रूपमा परिचित छिन् ।

उक्याबले संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रमको प्यासिफिक कार्यालय (फिजी) मा सिनियर पोलिसी एडभाइजरको रूपमा काम गरेको अनुभव छ । त्यसअघि उनी युएनडीपी नेपालमा विकास अर्थशास्त्री थिइन् ।

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले संयोजक रहेको सिफारिस समितिले लगानी बोर्डको सीईओको लागि याङ्की उक्याब, मनोज पौडेल र जितेन्द्र धितालको नाम सिफारिस गरेको थियो ।

त्यस्तै, मन्त्रिपरिषद्को बैठकले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा. डा. खड्कबहादुर केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै, सचिव पदमा प्रा.डा. रोजी श्रेष्ठ (भोजपुर) नियुक्त भएकी छन् ।