• २०८३ भदौ २९
  • 2026 September 14, Monday

‘जवाफ दिन्नँ’ भनेका गृहमन्त्रीले मागे माफी

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभामा सांसदले सोधेको प्रश्नको जवाफ दिन्नँ भनेकोमा माफी मागेका छन् । गृहमन्त्रीको जवाफलाई लिएर सांसदहरूले आपत्ति जनाएपछि उनले माफी मागेका हुन् ।

विपद् व्यवस्थापनसम्बन्धी प्रस्तावमाथिको छलफलपछि जवाफ दिने क्रममा गृहमन्त्री गुरुङले माफी मागेका हुन् ।

‘मेरोतर्फबाट माफी माग्न चाहन्छु । ठाडो पनि भयो, रुखो बोली भएको होला, क्षमा माग्न चाहन्छु । निर्मला पन्तको हत्यासम्बन्धमा अनुसन्धानको विषय सदनमार्फत सार्वजनिक गर्न मिल्दैन भनेर जवाफ नदिएको हुँ । रिजल्ट दिनु ठूलो कुरा हो, अनुसन्धान भइरहेको विषयबारे नबोलौँ भनेको हो, जवाफ दिन नखोजेको होइन,’ मन्त्री गुरुङले भने ।

सदनमार्फत जवाफ दिँदा उन्मुक्ति पाइरहेका अपराधीहरूलाई सचेत गराएको जस्तो हुने भएकाले अनुसन्धानको विषयलाई गोप्य राख्नुपर्ने उनले बताए ।

विपद् व्यवस्थापनको विषयमा छलफल चलिरहँदा निर्मला पन्तको विषयमा कुरा उठेपछि आफ्नो शैली रुखो बन्न पुगेको उनको भनाइ थियो ।

यो पनि पढ्नुहोस् ।

निर्मला पन्त बारेको प्रश्नमा गृहमन्त्री गुरुङले भने- यसको उत्तर दिन चाहन्न !