• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

नेपालमा GenXT Motors को प्रवेश, स्मार्ट सिटी इलेक्ट्रिक कार ‘VIAUTO HONRI BOMA EV’ सार्वजनिक

काठमाडौं । Apple, HP, Dyson तथा Dell लगायत विभिन्न अन्तर्राष्ट्रिय इलेक्ट्रोनिक ब्रान्डका उत्पादनहरूको आयातकर्ता तथा विक्रेता Generation Next Communications Pvt. Ltd. ले अब GenXT Motors को नामबाट नेपालको अटोमोबाइल क्षेत्रमा प्रवेश गर्दै नेपाली सडकका लागि उपयुक्त स्मार्ट विद्युतीय सवारी VIAUTO HONRI BOMA EV सार्वजनिक गर्ने भएको छ।

नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनी NAIMA Nepal Mobility Expo मा विशेष आकर्षणका रूपमा प्रस्तुत गरिने VIAUTO HONRI BOMA EV आधुनिक, स्मार्ट तथा शहरी जीवनशैलीलाई मध्यनजर गर्दै डिजाइन गरिएको विशेष विद्युतीय सवारी हो। आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, सहज सञ्चालन तथा वातावरणमैत्री विशेषतासहित यो गाडी शहरभित्रको दैनिक यात्राका लागि उत्कृष्ट विकल्प बन्ने विश्वास कम्पनीले लिएको छ।

२९.९ किलोवाट ब्याट्री क्षमताका साथै ३५ किलोवाटको मोटर भएको यस गाडीले फुल चार्जमा ३०० किलोमिटर सम्मको रेन्ज दिने कुरा कम्पनीले जनाएको छ।

यसमा विशेष गरी साधारण प्लगबाट ७ घण्टामा पूर्ण चार्ज गर्न सकिन्छ। ५ ढोका र ५ सिट क्षमता भएको यो गाडी फराकिलो र आरामदायक इन्टेरियरका साथै कम्प्याक्ट, आकर्षक डिजाइनमा उपलब्ध छ। साँघुरा सडकमा पनि सजिलै चलाउन तथा पार्किङ गर्न मिल्ने भएकाले यो गाडी दैनिक कार्यालय आवतजावत, पारिवारिक प्रयोग तथा व्यक्तिगत यात्राका लागि उपयुक्त छ। यस इलेक्ट्रिक कारले कम सञ्चालन खर्च, सहज मर्मतसम्भार र शून्य प्रत्यक्ष उत्सर्जनमार्फत दिगो तथा वातावरणमैत्री भविष्य निर्माणमा योगदान पुर्‍याउने कम्पनीको विश्वास रहेको छ।

नेपालमा विद्युतीय सवारीसाधनको पहुँच विस्तार गर्ने आफ्नो प्रतिबद्धताअनुसार GenXT Motors ले ग्राहकलाई उत्कृष्ट बिक्रीपछिको सेवा (After Sales Service), स्पेयर्स पार्ट्सको सहज उपलब्धता तथा दक्ष प्राविधिक सहयोग प्रदान गर्ने जनाएको छ।

VIAUTO HONRI BOMA EV को प्रारम्भिक मूल्य रु. २०,९९,९९९ देखि निर्धारण गरिएको छ, जसले आधुनिक प्रविधि, उत्कृष्ट सुविधा र आकर्षक मूल्यको संयोजन नेपाली ग्राहकसमक्ष प्रस्तुत गर्ने कम्पनीले जनाएको छ।

कम्पनीका सञ्चालक रक्षित भिमसरिया भन्छन्, “VIAUTO HONRI BOMA EV नेपाली उपभोक्ताको स्मार्ट, सुरक्षित, किफायती र वातावरणमैत्री यात्राको आवश्यकतालाई ध्यानमा राखेर ल्याइएको हो। NAIMA Nepal Mobility Expo मार्फत यसलाई पहिलो पटक नेपाली ग्राहकसमक्ष प्रस्तुत गर्न पाउँदा हामी उत्साहित छौं।”

ग्राहकहरूले NAIMA Nepal Mobility Expo मा VIAUTO HONRI BOMA EV को प्रत्यक्ष अवलोकन गर्न, यसको विशेषताबारे जानकारी लिन तथा टेस्ट ड्राइभका लागि दर्ता गर्न सक्नेछन्।