काठमाडाैं । नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच सो कम्पनीद्वारा प्रवर्द्धित लोवर ठूलोखोला जलविद्युत आयोजना ४.७५ मे.वा.(प्रस्तावित ६.५१ मे.वा.) निर्माण तथा सञ्चालन गर्न कुल परियोजना लागतको कर्जा: स्वपुँजी अनुपात ७०:३० कायम रहने गरी कर्जा तथा सुविधाहरू प्रदान गर्ने सम्झौता भएको छ।
सो सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र चितवन इनर्जी लिमिटेडको तर्फबाट सञ्चालक गोपाल प्रसाद निउरेले हस्ताक्षर गरे।
नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेयले वित्तीय व्यवस्थापनको लागि नेपाल बैंक लिमिटेडलाई अवसर प्रदान गरेकोमा चितवन इनर्जी लिमिटेडलाई धन्यवाद ज्ञापन गर्दै परियोजनाको सफलतापूर्वक निर्माण तथा सञ्चालन गर्नको लागि शुभकामना व्यक्त गरे ।
साथै, चितवन इनर्जी लिमिटेडका सञ्चालक गोपाल प्रसाद निउरेले नेपाल बैंक लिमिटेडको सहकार्यको लागि धन्यवाद ज्ञापन गर्दै परियोजना समयमै सक्ने प्रतिबद्धता समेत व्यक्त गरे।