• २०८३ साउन २८
  • 2026 August 13, Thursday

प्रतिपक्षको कुरा नसुने सरकार सफल हुँदैन : हर्क साम्पाङ

काठमाडौँ । श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले सरकार सफल हुने नहुने प्रतिपक्षको कुरा सुन्ने कि नसुन्ने भन्ने कुराले निर्धारण गर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद साम्पाङले सरकारले प्रतिपक्षको कुरा नसुन्दा सरकार ठिकसँग सञ्चालन नभएको इतिहास रहेको उल्लेख गर्दै आफूले यस्तो इतिहास नदोहोरियोस् भन्ने चाहेको समेत बताएका हुन् ।

उनले आफूहरुले जनताको प्रतिनिधिको रुपमा समस्याहरु राख्ने गरेको बताउँदै ती समस्याको समाधान सरकारले गर्नुपर्ने बताए ।