• २०८३ साउन २८
  • 2026 August 13, Thursday

प्युठानमा खोलाका किनारमा पाँच बेवारिसे शव फेला

प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे शव फेला परेको छ ।

बिहीबार बिहान करिब ७: ३० बजे माडी र लुङ्ग्री खोलाको किनारमा नाम, थर र ठेगाना नखुलेका पाँच जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै स्वर्गद्वारी–९ जुडापाटामा करिब १२–१३ वर्षीय बालकको शव, स्वर्गद्वारी–३ किमिचौरमा कम्मरमाथिको भाग मात्र रहेको पुरुषको शव र स्वर्गद्वारी–४ गोठीबाङमा एक महिलाको शव फेला परेको छ ।

त्यसैगरी, स्वर्गद्वारी–५ सरोजामा लुङ्ग्री खोलाको किनारमा दुई महिलाको शव फेला परेको छ। तीमध्ये एक शवको बायाँ खुट्टा घुँडामुनिको भाग नभएको प्रहरीले जनाएको छ । फेला परेका शवको पहिचान हुन सकेको नसकेको र प्रहरीले घटनाबारे थप अनुसन्धान तथा शवको पहिचान गर्ने कार्य जारी राखेको जनाएको छ ।

परिवारका कुनै सदस्य हराइरहेको भए जिल्ला प्रहरी कार्यालय प्युठानका यी सम्पर्क नम्बर ९८५७८३७०४९ र ९८५७८१५५५५ मा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।