• २०८३ साउन २९
  • 2026 August 14, Friday

पार्टीको नेतृत्व स्वीकार नगरेमा गम्भीर प्रश्न उठ्नेछ : विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले गगन थापाको नेतृत्व स्वीकार नगरेमा गम्भीर प्रश्न उठ्ने चेतावनी दिएका छन् ।

बिहीबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै शर्माले देउवाको अभिमतलाई राष्ट्रिय भेलामा पनि प्राथमिकताका साथ उठाउनुपर्ने बताउँदै गगन थापाको नेतृत्व स्वीकार नगरेमा गम्भीर प्रश्न उठ्ने चेतावनी दिएका हुन् ।

निवर्तमान सभापति शेरबहादुर देउवाले स्वदेश फर्किने क्रममा दिएको ‘परिवर्तन आत्मसात् गर्ने र युवालाई अघि बढाउने’ अभिव्यक्तिलाई केन्द्रमा राखेर राष्ट्रिय भेला आयोजना गर्न आग्रह गरेका छन् । बिहीबार स्वदेश फर्किएका देउवाले लिखित अपिल जारी गर्दै परिवर्तन आत्मसात् गर्ने र युवालाई अघि बढाउने बताएका थिए ।

शर्माले कांग्रेसले अहिले परिवर्तन र युवा नेतृत्व दुवैलाई आत्मसात् गर्नुपर्ने बताउँदै गगन थापा कांग्रेस सभापति बनेको अवस्थालाई पनि स्वीकार गर्नुपर्ने धारणा राखेका थिए ।

संस्थापनइतर पक्षले आजदेखि साउन ३१ गतेसम्म काठमाडौँको सुकेधारामा राष्ट्रिय भेला आयोजना गरिरहेको छ ।