• २०८३ साउन ३०
  • 2026 August 15, Saturday

प्रधानमन्त्री शाहले दिए मोदी र भारतीय जनतालाई स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार तथा मैत्रीपूर्ण भारतीय जनतामा शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले नेपाल र भारतबीच रहँदै आएको गहिरो ऐतिहासिक सम्बन्ध, जनस्तरको आत्मीय सम्बन्ध तथा आपसी सहकार्य आगामी दिनमा अझ सुदृढ हुँदै जाओस् भन्ने कामना समेत गरेका छन् ।

भारतले आज आफ्नो ८०औं स्वतन्त्रता दिवस मनाइरहेको छ ।