• २०८३ साउन ३०
  • 2026 August 15, Saturday

चुनावपछि पहिलो पटक झापा पुगे ओली

झापा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गत फागुन २१ को चुनावपछि पहिलो पटक झापा पुगेका छन्।

इलामको कार्यक्रममा सहभागी हुन झापास्थित चन्द्रगढी विमानस्थलमा अवतरण गरी स्थलमार्ग मार्फत उनी इलाम प्रस्थान गरेका हुन् ।

ओली आज इलाममै बस्ने कार्यक्रम रहेको नेकपा (एमाले) झापाका सचिव तुलसी कार्कीले जानकारी दिए । उनका अनुसार ओली भोलि बिर्तामोडमा आयोजना हुने एमाले झापाको ‘मिसन पार्टी जागरण अभियान’को उद्घाटन कार्यक्रममा सहभागी हुनेछन् ।

एमाले झापाले पार्टी संगठनलाई थप सक्रिय बनाउने तथा कार्यकर्तामाझ जागरण र अभियान सञ्चालन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।