• २०८३ भदौ १
  • 2026 August 17, Monday

फिरिरी सुपर एप सार्वजनिक: मोबिलिटी, व्यापार, रियल स्टेट, रोजगारीदेखि शिक्षासम्म एउटै प्लेटफर्ममा

काठमाडौं। नेपालमै विकसित मल्टि-सर्भिस सुपर एप ‘फिरिरी’ ले औपचारिक रूपमा आफ्नो सेवा सुरु गरेको छ। फिरिरी भेन्चर्स प्रालिले सुरु गरेको यस नेपाली सुपर एपले विभिन्न सेवाहरूलाई एउटै प्लेटफर्ममा समेट्दै दैनिक सेवाहरूलाई एउटै डिजिटल प्लेटफर्ममा एकीकृत गरेको हो।

कम्पनीका अनुसार फिरिरीलाई पूर्ण ‘अल-इन-वन’ इकोसिस्टमका रूपमा डिजाइन गरिएको छ। यसमा राइड-सेयरिङ, फूड डेलिभरी, ग्रोसरी तथा मार्केटप्लेस, पार्सल तथा लजिस्टिक्स सेवा, होटल तथा ट्राभल बुकिङ, डिजिटल पेमेन्ट, रियल स्टेट सेवा, ह्यान्डिम्यान तथा घरायसी सेवा, रोजगारी तथा करियर अवसर, अन-डिमाण्ड चलचित्र प्लेटफर्म, तथा डिजिटल लर्निङ प्लेटफर्म सबै एउटै एपमार्फत उपलब्ध छन्।

यी सबै सेवाहरूलाई एउटै प्लेटफर्ममा समेट्दै फिरिरीले प्रयोगकर्तालाई सहज, छिटो र एकीकृत डिजिटल अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ।

यसले स्थानीय व्यवसाय, घरजग्गा व्यवसायी, सेवा प्रदायक, फ्रिल्यान्सर, शिक्षक तथा रोजगारी खोज्ने व्यक्तिहरूलाई डिजिटल रूपमा जोड्ने भएकाले यसबाछ पर्याप्त आर्थिक अवसरहरु समेत सिर्जना हुने फिरिरीले विश्वास व्यक्त गरेको छ। योेसँगै यसले रोजगारी सिर्जना, सेवा पहुँच विस्तार र डिजिटल अर्थतन्त्रलाई मजबुत बनाउने अपेक्षा कम्पनीको छ।

“फिरिरी नेपालीका लागि, नेपालीद्वारा निर्माण गरिएको प्लेटफर्म हो। हाम्रो लक्ष्य मोबिलिटी, व्यापार, सेवा, मनोरञ्जन र अवसरहरूलाई एउटै प्लेटफर्ममा जोड्दै आत्मनिर्भर डिजिटल इकोसिस्टम निर्माण गर्नु हो,” कम्पनीले भनेको छ।

नेपालमा हाल विदेशी डिजिटल प्लेटफर्महरूको प्रभावसँगै विभिन्न विवादहरु समेत बढ्दै गइरहेका छन्। यस्तोमा फिरिरीले स्वदेशी विकल्पका रूपमा आफूलाई स्थापित गर्दै देशभित्रै मूल्य सृजना गर्ने लक्ष्य राखेको छ।

फिरिरी एपमार्फत देशैभर सेवा लिन सकिने कम्पनीले जनाएको छ।