• २०८३ भदौ २
  • 2026 August 18, Tuesday

पाल्पाको लुम्बिनी मेडिकल कलेजमा एभरेष्ट बैंकको नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा

पाल्पा । एभरेष्ट बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा पाल्पाको तानसेन-७ स्थित लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको परिसरमा नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

बैंकले यही २०८३ साल भदौ १ गतेदेखि उक्त स्थानबाट औपचारिक रूपमा सेवा सुरु गरेको हो। यस नयाँ काउन्टरको विस्तारसँगै एभरेष्ट बैंकका एक्स्टेन्सन काउन्टरहरूको संख्या ५ पुगेको बैंकले जनाएको छ।

अस्पताल परिसरमा काउन्टर स्थापना भएपछि उपचारका लागि आउने बिरामी, कुरुवा, अस्पतालका कर्मचारीका साथै स्थानीय पाल्पाबासीलाई अत्याधुनिक, सरल र सहज बैंकिङ सुविधा लिन थप सहज हुने विश्वास बैंकले लिएको छ।

एभरेष्ट बैंकले ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्दै देशभर आफ्ना शाखा र काउन्टर सञ्जाल विस्तार गर्दै गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ।