बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–४ स्थित पाटालचुली सामुदायिक वनबाट समस्याग्रस्त पाटे बाघलाई नियन्त्रणमा लिइएको छ ।
बर्दिया निकुञ्जका प्राविधिक, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक र सुरक्षाका लागि तैनाथ नेपाली सेनाले बाघलाई नियन्त्रणमा लिएका हुन् ।
एक महिनायता गाउँबस्तीमा पसेर गोठैबाट गाई, गोरु, बाख्रा खाने गरेपछि स्थानीय आतंकित भएका थिए । यस क्षेत्रबाट विगत दुई वर्षयता तीनवटा बाघलाई नियन्त्रणमा लिइसकेको छ
तीमध्ये निकुञ्जको रम्मापुरमा तीन र ठाकुरद्वारा स्थित खोरमा २ वटा बाघ रहेका छन् । करिब सात महिनाअघि प्राकृतिक कारणले रम्मापुरमा एउटा बाघको मृत्यु भएको थियो । पछिल्लो गणनाअनुसार बर्दियामा बाघको संख्या ११२ रहेको छ ।