• २०८३ भदौ ५
  • 2026 August 21, Friday

नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली

काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले पद तथा गोपनीयताको शपथ लिएका छन् । गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष रावलले बिहिबार शपथ लिएका हुन् । शपथ लगत्तै रावलले पदबहाली समेत गरेका छन् ।

मन्त्रिपरिषद्को २०८३ भदौ ३ गतेको रावललाई डेपुटी गभर्नरमा नियुक्त गरेको हो ।

डेपुटी गभर्नर रावल २०६२ माघ २ गते सहायक निर्देशकको रूपमा राष्ट्र बैंक प्रवेश गरेका थिए । उनी २०६९ सालमा उपनिर्देशक, २०७५ सालमा निर्देशक हुँदै २०८२ जेठ १८ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए । पदोन्नतिपश्चात् उनले बैंक सुपरिवेक्षण विभागको नेतृत्व सम्हाल्दै आएएका थिए ।