• २०८३ भदौ ५
  • 2026 August 21, Friday

महाधिवेशन रोक्न देउवाको सर्वोच्चमा निवेदन, दर्ता हुन बाँकी

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले १५औँ महाधिवेशन प्रक्रिया रोक्न मागसहित सर्वोच्च अदालतमा रिट पेश गरेका छन् ।

देउवाले वारेसमार्फत सर्वोच्चमा रिट पेस गरेपनि आज दर्ता भने नभएको बताइएको छ । सर्वोच्च प्रशासनले वारेसमार्फत प्राप्त निवेदन अध्ययनको क्रममा रहेको छ । अब भोली र पर्सि सार्बजनिक बिदा भएका रिट दर्ता हुने नहुने निर्णय सोमबार मात्र हुने बताइएको छ ।

काँग्रेसको विवाद सर्वोच्च अदालतमा रहेकै समयमा संस्थापन पक्षले वडा अधिवेशन २६ भदौबाट गर्दै असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्बजनिक गरेर महाधिवेशनको प्रक्रिया शुरु गरेपछि संस्थापन इतर पक्ष पुन: सर्वोच्च पुगेको छ ।

सर्वोच्च अदालतले कांग्रेस विवाद बारे पुनरावलोकनका लागि साउन २१ मा आदेश दिएपछि सो मुद्धाको सुनुवाई हुन बाँकी रहेको छ ।