• २०८३ भदौ ८
  • 2026 August 24, Monday

सामसङको विशेष ‘मनसुन अफर’ : टिभी र होम एप्लायन्सेसमा २३ प्रतिशतसम्म क्यासब्याक र आकर्षक उपहार

काठमाडौं । विश्वकै नम्बर १ टिभी ब्रान्ड सामसङले नेपाली उपभोक्ताहरूका लागि विशेष ‘मनसुन अफर’ सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत सामसङका पछिल्ला मोडेलका टिभी, वाशिङ मेसिन र रेफ्रिजेरेटरहरूको खरिदमा ग्राहकहरूले भारी छुट (क्यासब्याक) र विभिन्न उपहारहरू प्राप्त गर्न सक्नेछन् ।

सामसङले आफ्ना प्रिमियम टिभीहरूको खरिदमा २३ प्रतिशतसम्म क्यासब्याक अफर ल्याएको छ ।

सामसङका अनुसार नियो क्युएलइडी (Neo QLED), क्युएलइडी (QLED), र युएचडी (UHD) टिभी खरिद गर्ने ग्राहकले आकर्षक छुटका साथै मोडलअनुसार १२ महिनासम्मको नेट–टिभी (NetTV) सब्स्क्रिप्सन निःशुल्क पाउनेछन् ।

यस्तै, ७५ इन्चभन्दा माथिका मोडेलहरूको खरिदमा ४९,९९९ रुपैयाँ मूल्य पर्ने सामसङ साउन्डबार उपहारस्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले वाशिङ मेसिनतर्फ २३ प्रतिशतसम्मको क्यासब्याकका साथै चुनिएका मोडेलहरूमा ६ केजीसम्मको सर्फ एक्सेल म्याटिक पाउडर उपहारको व्यवस्था गरेको छ । जसमा एआई इकोबबल (AI Ecobubble) र फुल्ली अटोमेटिक टप लोड मेसिनहरू उपलब्ध छन् ।

त्यसैगरी, रेफ्रिजेरेटरतर्फ साइड–बाई–साइड र सिङ्गल डोर रेफ्रिजेरेटरहरूमा १७ प्रतिशतसम्मको क्यासब्याक उपलब्ध गराइएको छ । उपभोक्ताले आफ्नो आवश्यकता र रोजाइअनुसार विभिन्न क्षमताका रेफ्रिजेरेटरहरू आकर्षक मूल्यमा खरिद गर्न सक्नेछन् ।

ग्राहकहरूको आर्थिक सहजताका लागि सामसङले ‘इन्स्टा फाइनान्स’ (Insta Finance) मार्फत शून्य प्रतिशत ब्याजदरमा २४ महिनासम्मको ईएमआई (EMI) योजना पनि ल्याएको छ । यसका लागि हुलास फिनसर्भसँग सहकार्य गरिएको छ ।

साथै, पुराना उपकरणहरू साटेर नयाँ खरिद गर्न चाहनेहरूका लागि ‘अर्को स्टोर’ (ArkoStore) वा नेपालभर रहेका सामसङका आधिकारिक रिटेल स्टोरहरूमा एक्सचेन्जको सुविधासमेत उपलब्ध छ ।

यो मनसुन अफर सीमित अवधिका लागि मात्र देशभरका सामसङ स्टोरहरूमा लागू गरिएको कम्पनीले जानकारी दिएको छ ।