• २०८३ भदौ ८
  • 2026 August 24, Monday

चाडपर्वको उमङ्ग, लण्डन घुमौँ जस्मिन पेन्ट्ससँग !

काठमाडौं । नेपालीहरूको महान् चाडपर्वलाई अझ विशेष र उत्साहपूर्ण बनाउने उद्देश्यले Jasmine Paints Ltd., Manakamana Group of Companies ले विशेष उपभोक्ता प्रवर्द्धन योजना सार्वजनिक गरेको छ।

“चाडपर्वको उमङ्ग, लण्डन घुमौँ जस्मिन पेन्ट्ससँग!” भन्ने अभियानअन्तर्गत जस्मिन पेन्ट्सका उपभोक्ताले आकर्षक उपहारसँगै लक्की ड्रमार्फत London Tour जित्ने अवसर प्राप्त गर्नेछन्।

यो योजना भदौ १ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुनेछ। योजनामा सहभागी हुन उपभोक्ताले जस्मिन पेन्ट्सका आधिकारिक डिलर वा विक्रेतामार्फत न्यूनतम रु. ७५,००० बराबरका कम्पनीका उत्पादनहरू खरिद गर्नुपर्नेछ। प्रत्येक रु. ७५,००० को खरिदमा उपभोक्तालाई लक्की ड्र कुपन प्रदान गरिनेछ।

लक्की ड्रमार्फत १ जना भाग्यशाली विजेताले ४ रात/५ दिनको London Tour, ५ जनाले ८ केजी Front Loading Automatic Washing Machine, ३५ जनाले ३ लिटर Electric Pressure Cooker, १२५ जनाले ३ Jar Mixer Grinder, १७५ जनाले Hot Water Kettle तथा ७५० जनाले आकर्षक Wall Clock जित्ने अवसर पाउनेछन्।

जस्मिन पेन्ट्सले यस अभियानमार्फत नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ सुदृढ गर्दै चाडपर्वको खुसीलाई थप विशेष बनाउने लक्ष्य राखेको जनाएको छ। घरलाई नयाँ रङले सजाउने उपभोक्ताले आफ्नो खरिदसँगै आकर्षक उपहार जित्ने अवसरसमेत प्राप्त गर्ने भएकाले यो योजना चाडपर्वको तयारीलाई अझ उत्साहपूर्ण बनाउने अपेक्षा गरिएको छ।

योजनामा सहभागी उपभोक्ताले खरिद गरेको पसलबाट कुपन प्राप्त गरी कुपनमा रहेको QR Code स्क्यान गरेर आवश्यक विवरण भर्नुपर्नेछ। लक्की ड्रबाट विजेता घोषित भएपछि उपहार दाबी गर्न सक्कल कुपन र आधिकारिक परिचयपत्र सहित कम्पनीका प्रतिनिधिसँग सम्पर्क गर्नुपर्नेछ। विजेताले विजेता घोषणा भएको मितिले १५ दिनभित्र उपहार दाबी गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।

लक्की ड्रमार्फत विजेताको घोषणा प्रत्यक्ष प्रसारण मार्फत गरिनेछ। उपहारमा नेपाल सरकारको प्रचलित नियमअनुसार कर कट्टी गरिने कम्पनीले जनाएको छ। योजनासम्बन्धी कुनै विवाद वा द्विविधा उत्पन्न भएमा अन्तिम निर्णय गर्ने अधिकार कम्पनीमा निहित रहनेछ।

Jasmine Paints Ltd., A Manakamana Group of Companies ले “नेपाली मनको रङ्ग” भन्ने आफ्नो भावनालाई आत्मसात् गर्दै नेपाली परिवारको खुसी, चाडपर्वको उमङ्ग र घरको नयाँपनसँग जोडिन यस अभियानलाई अघि बढाएको जनाएको छ।