काठमाडौं । रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।
पृथ्वी राजमार्गबाट धादिङ जोड्ने त्रिशूली नदीमाथिको पुल बाढीले बगाएको हो।
बुधबार बिहान चीनतर्फबाट आएको बाढीले रसुवादेखि धादिङसम्मका तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ ।
फुर्केखोला-परेवाटार जोड्ने पक्की पुल बगाएपछि धादिङबेंसी जाने सहज सम्पर्क टुटेको हो ।