काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको प्रश्नउत्तरको कायर्क्रम नहुने भएको छ ।
भोटेकोशीमा आएको बाढीका कारण आजको प्रतिनिधि सभाको बैठक छोटो गरिने भएको हो ।
आजको बैठकमा आकस्मिक समयमा सांसदहरुले बोल्ने र गृहमन्त्री सुदन गुरुङले बाढी बारे संसदमा जानकारी दिने कार्यसूची तय भएको छ ।
त्यस्तै, यसअघि तय भएका प्रधानमन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिने सहितका कार्यसूची आजको बैठकबाट हटाइएको छ ।