काठमाडौं । NADA Automobiles Association of Nepal द्वारा आयोजना भइरहेको NADA Auto Show 2026 मा सहभागी सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरूलाई लक्षित गरी विशेष अफर सार्वजनिक गरेको छ ।
बैंकले एक्स्पो अवधिभर सवारी साधन खरिदका लागि कर्जा लिने ग्राहकहरूका लागी ५.९६ प्रतिशत वार्षिक ब्याजदर तथा ०.५ प्रतिशत सेवा शुल्कसहितको आकर्षक कर्जा सुविधा सञ्चालनमा ल्याएको छ । यो विशेष योजना २०८३ भाद्र ०९ गतेदेखि १४ गतेसम्म ९२५–३० अगस्ट २०२६० आयोजना भइरहेको NADA Auto Show 2026 अवधिमा बुकिङ् गरिएका सवारी साधनका लागि लागू हुनेछ ।
बैङ्कले सवारी साधन खरिद गर्न इच्छुक ग्राहकहरूले एक्स्पोमा सहभागी भइ विशेष कर्जा योजनाको लाभ लिन अनुरोध गरेकाे छ । यस योजनाबाट ग्राहकलाई सहज, सरल तथा प्रतिस्पर्धी ब्याजदरमा कर्जा सुविधा उपभोग गरि आफ्नो आवश्यकता अनुरूपको सवारी साधन खरिद गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।