काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री वालेन्द्र शाहसँग कुराकानी गरेका छन् ।
प्रधानमन्त्री मोदीले नेपालमा बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दुःखको यस घडीमा भारतीय जनता नेपाली दाजुभाइ तथा दिदीबहिनीको साथमा रहेको बताएका छन् ।
उनले नेपाललाई आवश्यक सबै प्रकारको मानवीय सहयोग उपलब्ध गराउन भारत तयार रहेको बताउदै उद्धार तथा राहत कार्यका लागि दुवै देशका सम्बन्धित टोलीबीच निकट समन्वय भइरहेको मोदीले उल्लेख गरेका छन् ।
मोदीले नेपालमा बाढीबाट प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।