• २०८३ भदौ ११
  • 2026 August 27, Thursday

३३ देशका ६४४ जना पर्यटक सम्पर्कविहीन

काठमाडौँ। रसुवाको भोटेकोसी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीपछि ६४४ जना पर्यटक सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डले जारी गरेको पछिल्लो अपडेट अनुसार यसरी बेपत्ता हुनेमा नेपालसहित ३३ देशका नागरिक रहेका छन् ।

बोर्डका अनुसार सम्पर्कविहिन हुनेमा सबैभन्दा धेरै भारतीय पर्यटक छन् । हालसम्म १७८ भारतीय पर्यटक सम्पर्कविहिन छन । यस्तै, १२७ जना नेपाली पर्यटक हराइरहेका छन् ।

यीबाहेक, ६५ अमेरिकी ५३ युक्रेनी र ५१ मलेसियाली नागरिक बेपत्ता छन् । अष्ट्रेलियाका ३५, बेलायतका ३३, क्यानडाका २५, सिंगापुरका ९, रुसका ८, जर्मनीका ८ र लात्भिया, दक्षिण अफ्रिकाका ६-६ जना पर्यटक पनि सम्पर्कविहिन छन् ।

यस्तै, जापान र न्युजिल्याण्डका ५-५ जना नागरिक समेत बेपत्ता छन् ।