• २०८३ भदौ ११
  • 2026 August 27, Thursday

चीनको सीमामा पहिरोले नयाँ ताल बनेपछि अर्को विपद्को खतरा !

काठमाडौं । चीनको जिरोङ जिल्लामा पहिरोको जोखिम कायमै रहेका बेला पहिरोले नयाँ ताल बनेपछि अर्को विपद्को खतरा बढेको छ ।

चीनको सञ्चारमाध्यम सिसिटिभीका अनुसार जिरोङ जिल्लामा अझै पहिरो, लेदो पहिरो र आकस्मिक बाढीको जोखिम रहेको छ । आगामी तीन दिनसम्म वर्षा हुने पूर्वानुमान रहेकाले पहिरोबाट थुप्रिएको माटो र ढुंगाले बनेका अस्थिर बाँधका कारण जोखिम थप बढेको हो ।

सिसिटिभीले लिएको भिडियोमा यसअघि पहिरो गएको स्थानमा नयाँ ताल बनेको देखिएको छ । चीनको जिरोङ बन्दरगाहनजिकै, तर नेपालको सीमाभित्र बनेको उक्त ताल भरिँदै गएको छ ।

सिसिटिभीले तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको र पानी बाहिर बग्नसमेत सुरु भइसकेको उल्लेख छ । आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी तालमा जम्मा हुने अनुमान रहेकाले ताल फुट्न सक्ने उच्च जोखिम रहेको सिसिटिभीलाई उल्लेख गर्दै सिएनएनले लेखेको छ ।