• २०८३ भदौ ११
  • 2026 August 27, Thursday

बाढी प्रभावितलाई शिवशक्ति ग्रुपको सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै शिवशक्ति ग्रुपले राहत तथा उद्धारका लागि ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।

बाढी प्रभावित क्षेत्रहरूमा तत्काल उद्धार तथा राहत कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले शिवशक्ति ग्रुपको (राजकुमार अग्रवाल, सन्दीप कुमार अग्रवाल र राहुल कुमार अग्रवालसहित सम्पूर्ण कम्पनी परिवार)को तर्फबाट नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा रु. ५१,००,०००।– (अक्षरेपी एकाउन्न लाख रुपैयाँ) सहयोग गरिएको हो ।

उक्त सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको छ । यसैगरी, रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिज प्रा.लि., बाराको तर्फबाट समेत रु. १०,००,०००।– (अक्षरेपी दस लाख रुपैयाँ) सहयोग गरिएको छ ।

भोटेकोशी नदीमा आएको आकस्मिक, भीषण एवं विध्वंसकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन तथा नवलपरासीलगायत आसपासका क्षेत्रमा भएको अपूरणीय भौतिक तथा मानवीय क्षतिप्रति शिवशक्ति ग्रुप परिवारले गहिरो दुःख पनि व्यक्त गरेको छ ।