काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि अग्नि ग्रुपले १ करोड रुपैयाँ सहयोग गरेको छ ।
ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले अग्नि ग्रुपरमहिन्द्राका तर्फबाट ११ भदौमै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ जम्मा गरेका हुन् ।
यति ठूलो रकम सहयोग गरे तापनि अग्नि ग्रुपले यस विषयमा कुनै आधिकारिक प्रेस विज्ञप्ति वा प्रचारत्मक विज्ञापन जारी गरेन । संकटका बेला गरिने मानवीय सहयोगलाई प्रचारप्रसार माध्यम बनाउनु हुँदैन भन्ने मान्यताका कारण कम्पनीले यसलाई सार्वजनिक नगर्ने निर्णय गरेको थियो ।
कर्पोरेट क्षेत्रमा सामाजिक कार्यलाई ठूलो प्रचार–प्रसारको विषय बनाउने चलनबीच अग्नि ग्रुपले भने एक अनुकरणीय र सादगीपूर्ण कदम चालेको छ ।
व्यापारिक लाभभन्दा माथि उठेर राष्ट्रिय संकटको समयमा निजी क्षेत्रले नागरिकको साथमा उभिनुपर्छ भन्ने अग्नि ग्रुपको दायित्वबोधलाई यस कदमले स्पष्ट पार्छ ।