• २०८३ भदौ १६
  • 2026 September 01, Tuesday

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेशनल लाइफ इन्स्योरेन्सको १ करोड ५१ लाख सहयोग

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेनस कं.लि.ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग प्रदान गरेको छ ।

गत भाद्र १० गते भोटेकोशी र त्रिशुली नदिमा आएको गेग्रान सहितको भिषण बाढीबाट धनजनको क्षति भएकोमा पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि कम्पनीले उक्त कोषमा रु.१ करोड ५१ लाख रकमको आर्थिक सहयोग गरेको छ ।

उक्त रकम बराबरको चेक कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।

उक्त अप्रत्यासित घटनामा भएको जनधनको क्षतिले यस कम्पनी परिवारलाई अत्यन्त दु:खी बनाएको र उद्धार कार्यमा जुट्न कम्पनीका सम्बन्धित कर्मचारीहरु एवं अभिकर्ताहरु सबैमा कम्पनीले अनुरोध पनि गरेको छ ।

यस प्राकृतिक विपत्तिमा परि ज्यान गुमाएका सबैको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति नेशनल लाईफले हार्दिक समवेदना प्रकट पनि गरेको छ । साथै, घाईतेहरुको शिघ्र स्वास्थ लाभको कामना पनि गरेको छ ।