• २०८३ भदौ १७
  • 2026 September 02, Wednesday

भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्सको ७२ लाख सहयोग

काठमाडाैं । बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नेपाल सरकारको राहत तथा पुनर्निर्माण कार्यमा ऐक्यबद्धता जनाउँदै ७२ लाख रुपैयाँ सहयाेग गरेकाे छ ।

सानिमा रिलायन्सकाे तर्फबाट ५१ लाख रुपैयाँ तथा संचालक र कर्मचारीहरुको २१ लाख रुपैयाँ योगदानसहित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७२ लाख रुपैयाँको एकमुस्ट रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो।

कम्पनीले दिवङ्गत आत्माहरू प्रति श्रद्धासुमन तथा घाइतेहरूको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि भइरहेका प्रयासमा सबै पक्षबाट आवश्यक सहयोग र सहकार्यको अपेक्षा गरेको छ।