काठमाडौं । बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सोनापुर आयल एण्ड मिनरल लिमिटेड (सोना सिमेन्ट) ले ५१ लाख रुपैयाँ कम्पनीकोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री राहत कोषमा उक्त रकम प्रदान गरेको छ ।
त्यसै गरी, कम्पनीमा कार्यरत कर्मचारीहरूले आफ्नो एक दिनको तलब बराबर ४ लाख ९१ हजार रुपैयाँ समेत राहत कोषमा सहयोग गरेका छन् ।
सोनापुर आयल एण्ड मिनरल लिमिटेडका म्यानेजिङ डाइरेक्टर निपेश तायल लगायतका प्रतिनिधिले संयुक्त रूपमा उक्त सहयोग रकम अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई उनकै कार्यालयमा हस्तान्तरण गरेका हुन् ।
यसै बीच, शुभम् हेल्थ केयर प्रोडकस् प्रा. लि. मा डाइरेक्टरसमेत रहेका निपेश तायलले यस कम्पनिबाट पनि ५० लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन् ।
सोनापुर आयल एण्ड मिनरल लिमिटेडको ५१ लाख, कर्मचारीको ४ लाख ९१ हजार तथा शुभ्म हेल्थ केयर प्रोडकस् प्रा. लि. बाट ५० लाख रुपैयाँ गरी कुल १ करोड ५ लाख ९१ हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग भएको हो ।
बाढी, पहिरोलगायतका प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ ।