• २०८३ भदौ २२
  • 2026 September 07, Monday

चिलिमे सुरुङमा खोज तथा उद्धार कार्य जारी, रोपवे जोड्ने काम सुरु

काठमाडौं । चिलिमे सुरुङमा सीमित तथा कठिन पहुँच, लेदो (हिलो) र भारी भग्नावशेषका कारण चुनौतीपूर्ण अवस्था रहे पनि खोज तथा उद्धार कार्य जारी रहेको छ।

भारतीय र नेपाली संयुक्त प्राविधिक टोलीले कठिन परिस्थितिका बाबजुद सुरुङभित्र निरन्तर काम गरिरहेको भारतीय राजदूत नवीन श्रीवास्तवले जानकारी दिएका छन्। उद्धार तथा खोज कार्यलाई प्रभावकारी बनाउन टोलीले थप जनशक्ति सुरुङ क्षेत्रमा लैजान स्याफ्रुबेँसीदेखि सुरुङसम्म डोरी (रोपवे) सञ्जाल जोड्ने कामसमेत सुरु गरेको जनाइएको छ।

यसैगरी, सुरुङतर्फ पुग्ने अस्थायी बाटो निर्माण तथा सफाइको काम करिब १५० मिटर क्षेत्रमा सम्पन्न गर्दै अघि बढिरहेको बताइएको छ।

कठिन भौगोलिक अवस्था र सुरुङभित्र जमेको लेदो तथा भग्नावशेषका कारण उद्धार कार्य चुनौतीपूर्ण बने पनि नेपाली र भारतीय प्राविधिक टोलीले समन्वयमा कामलाई निरन्तरता दिइरहेका छन्।