काठमाडौँ । देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पुजा-आराधना गरेका छन् ।
राष्ट्रप्रति पौडेलले प्रथम महिला सबिता पौडेलसहित देश तथा जनताको हित र कल्याणको कामना गदै मङ्गलबार बिहान पशुपतिनाथ मन्दिरमा पुजा-आराधना गरेको उनको सचिवालयले जनाएको हो ।
उनले पूजाअर्चना गरी पुजारीबाट फूलप्रसाद ग्रहण गरेका थिए ।
जेन्जी आन्दोलन भएको ठीक एक वर्ष पुगेको दिन राष्ट्रपति पौडेलले पशुपतिमा पुजा-आराधना गरेका हुन् ।
