• २०८३ भदौ २४
  • 2026 September 09, Wednesday

महालक्ष्मी विकास बैंक ISO 9001: 2015 बाट तेस्रो पटक प्रमाणित

काठमाडाैं । महालक्ष्मी विकास बैंक अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त ISO 9001: 2015 बाट लगातार तेस्रो पटक प्रमाणित भएको छ ।

गुणस्तर व्यवस्थापन प्रणाली (Quality Management System) मा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भए बमोजिम मिति २०८१ साल श्रावण ३२ (सन् २०२४ अगष्ट १६) देखि लागु हुने गरी बैंक प्रमाणित भएकोमा २०८२ साल भाद्रमा भएको पहिलो सर्भिलियन्स अडिटबाट पुन: प्रमाणित हुन सफल भएको थियो ।

बैंक २०८३ श्रावण महिनामा भएको तेस्रो सर्भिलियन्स अडिटबाट मिति २०८३ साल श्रावण ३२ (सन् २०२६ अगष्ट १६) देखि लागु हुने गरी पुन प्रमाणित भएको हो ।

बैंकले Provision of Development Banking Activities अन्तर्गत प्रमाणपत्र प्राप्त गरेको र यस्तो प्रमाणपत्र प्राप्त गर्नेमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंक अग्रणी बैंक बनेको छ ।

अन्तराष्ट्रिय मापदण्ड अनुरुपको बलियो गुणस्तर ब्यवस्थापन प्रणाली कायम गरेका साथै उत्कृष्ट सेवा प्रदान गर्न सक्ने, ग्राहक सन्तुष्टीलाई सुनिश्चित गर्न सक्ने तथा आफ्नो कार्य प्रणालीलाई निरन्तर रुपमा सुधार गर्न सक्ने संस्थाले मात्र यस्तो प्रमाणपत्र प्राप्त गर्न योग्य हुन्छन् ।

यस प्रमाण पत्र प्राप्तिको लागि यस बैंकको निति, नियम, प्रक्रिया, अभिलेखीकरण तथा समग्र व्यवस्थापन प्रणालीको जाँच तथा विस्तृत अडिटसमेत गरिएको थियो ।

गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले हालै मात्र काठमाडाैंको ज्ञानेश्वरमा कफि लाउञ्ज सहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ ।