• २०८३ कार्तिक १९
  • 2026 November 05, Thursday

एकैदिन तोलाको १३ हजार ३ सयले बढ्यो सुन

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १३ हजार ३ सयले बढेर दुई लाख ८८ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन प्रतितोला दुई लाख ७५ हजार ६ सयमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला २६५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ३९२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि बुधबार चाँदी ३६५५ रुपैयाँमा कारोबार भएको थियो ।