• २०८३ भदौ २९
  • 2026 September 14, Monday

दशैं, तिहार तथा छठका लागि “ह्युन्डाई फेस्टिभ ड्राइभ २०८३” अफर

काठमाडौँ। नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले यस वर्षको दशैं, तिहार तथा छठको अवसरमा विशेष अफर “हुन्डाई फेस्टिभ ड्राइभ २०८३” घोषणा गरेको छ। यस अफरअन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट, स्क्र्याच कार्डमार्फत थप छुट तथा विभिन्न विशेष सुविधाहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

यस अफरअन्तर्गत ग्राहकहरूले रु ३ लाखसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन्। साथै, स्क्र्याच कार्डमार्फत रु। ५ लाखसम्मको नगद छुट जित्ने अवसर समेत पाउनेछन्।

यसका साथै, ह्युन्डाईले गाडी खरिदमा १ वर्षको निःशुल्क अटो प्लस बीमा र १ वर्षको निःशुल्क सडक कर पनि उपलब्ध गराइएको उल्लेख गरेको छ।

हरेक ह्युन्डाई गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध रहेको छ। यसले ग्राहकहरूलाई थप मूल्य, सुविधा र सहजतासहितको ह्युन्डाई स्वामित्व अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ।

यस दशैं–तिहार तथा छठको अवसरमा कम्पनीले २०८३ भदौ २३ देखि सबै ग्राहकहरूलाई नजिकैको ह्युन्डाई शोरुममा पुगेर “ह्युन्डाई फेस्टिभ ड्राइभ २०८३” का आकर्षक अफर तथा सुविधाहरूको लाभ उठाउन निमन्त्रणा समेत गरेको छ।