काठमाडौँ । न्याय सेवा आयोगले नेपाल न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीका तीन पदमा बढुवा, नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरेको छ ।
आयोगको भदौ ३० गतेको निर्णयअनुसार सर्वोच्च अदालतका सहरजिस्ट्रार ठगीन्द्र कट्टेललाई सर्वोच्च अदालतको रजिस्ट्रार पदमा बढुवा नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरिएको छ ।
त्यस्तै, न्याय परिषद्का कायममुकायम सचिव रामप्रसाद भट्टराईलाई न्याय परिषद्को सचिव पदमा बढुवा नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरिएको छ ।
सर्वोच्च अदालतका सहरजिस्ट्रार बाबुराम दाहाललाई पनि सर्वोच्च अदालतको रजिस्ट्रार पदमा बढुवा नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरिएको छ ।
आयोगले नेपाल न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीका रिक्त पदमा योग्य कर्मचारीलाई बढुवा गरी सम्बन्धित पदमा नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरेको हो ।