• २०८३ भदौ ३१
  • 2026 September 16, Wednesday

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउसो ४ बजे बस्ने गरि मन्त्रिपरिषद्‌को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्ने बैठकमा समसामयिक विषयहरूमा छलफल भई आवश्यक निर्णयहरू हुने सचिवालयले जानकारी दिएको छ ।