• २०८३ असोज १
  • 2026 September 17, Thursday

प्रधानमन्त्री राहत कोषमा १ हजार हाले, करदाता प्रोत्साहनबापत १ लाख जिते

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाको विजेता घोषणा गरिएको छ । बिहीबार अर्थमन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागले बिहीबार भदौ महिनाका लागि ३२ जना विजेता घोषणा गरेको हो ।

विभागका कटियानी पोलिक्लिनिकमा २०० रुपैयाँको सेवा लिएका कुपन नम्बर ०४८९१५६१८२११ ले १० लाख रुपैयाँ जितेको छ ।

साथै १५ भदौसम्मको कार्यक्रममा सुनिता फेन्सी स्टोरबाट सात हजार रुपैयाँको सामान खरिद गर्ने उपहार कुपन नम्बर ०३६४४७८५२३७८ ले १० लाख रुपैयाँ जितेको छ ।

यस्तै ३० जनाले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँका दरले नगद पुरस्कार पाएका छन् ।

त्यस्तै प्रधानमन्त्री राहत कोषमा १ हजार रुपैयाँ भुक्तानी गरेका एक ग्राहकले१ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

उनको कुपन नम्बर ०४२६१८४७७६२० रहेको छ ।

रसुवा बाढीपछि १५ भदौसम्म रोकिएको कार्यक्रम सरकारले आज विजेताहरू घोषणा गरेको हो ।