काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार अलराउन्डर दिपेन्द्र सिंह ऐरी ‘द क्रिकेट शप’ का ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्।
क्रिकेटसम्बन्धी विभिन्न सामग्री तथा उपकरण उपलब्ध गराउँदै आएको ‘द क्रिकेट शप’ नेपालमा विभिन्न अन्तर्राष्ट्रिय क्रिकेट ब्रान्डहरूको आधिकारिक विक्रेता समेत हो। स्टोरमा ब्याट, बल, ग्लोभ्स, प्याड, हेल्मेटलगायतका क्रिकेट सामग्री उपलब्ध छन्।
दिपेन्द्रको नियुक्तिसँगै ‘द क्रिकेट शप’ र नेपाली क्रिकेटबीचको सहकार्य अझ मजबुत हुने अपेक्षा गरिएको छ।