• २०८३ असोज ५
  • 2026 September 21, Monday

त्रिपुरेश्वरमा बसमा आगलागी : घाइते चालकलाई किर्तिपुरस्थित बर्न अस्पताल लगियो

काठमाडौं । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडी यात्रुबाहक बसमा आगलागी भएको छ ।

त्रिपुरेश्वर चोकमा रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी हुँदा २५ वर्षीय चालक दावा लामा घाइते भएका हुन् ।

उनलाई उपचारको लागि किर्तिपुरस्थित बर्न अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।