• २०८३ कार्तिक २३
  • 2026 November 09, Monday

लाइसेन्स वितरण व्यवस्थित बनाउन मुद्रण, हुलाक र यातायात व्यवस्था विभागबिच सम्झौता

काठमाडौँ। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणलाई थप व्यवस्थित र सहज बनाउन यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच त्रिपक्षीय सम्झौता भएको छ।

पूर्वाधार विकास मन्त्रालयमा मंगलबार तीन वटै सरकारी निकायसबिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
सम्झौता अनुसार यातायात व्यवस्था विभागबाट सञ्चालनमा रहेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (EDLVRS) मार्फत जारी हुने लाइसेन्सको डाटा सोझै सुरक्षण मुद्रण केन्द्रको प्रणालीमा जाने र त्यहीँबाट लाइसेन्स छपाइ हुने व्यवस्था गरिएको छ।

EDLVRS प्रणालीबाट जारी भएका लाइसेन्स सम्बन्धित प्रदेश कार्यालयमा वितरण गर्ने वा सेवाग्राहीले इच्छाएको ठेगानामा पुर्‍याउने कार्यलाई व्यवस्थित गर्न यो सम्झौता महत्त्वपूर्ण हुनेछ।