काठमाडौं । सर्वोच्च अदालतले साइबर अपराधको आरोपमा पक्राउ परेका भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सरकारका नाममा आदेश दिएको छ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासले दाहाललाई बन्दीसहित अदालतमा उपस्थित गराउनुका साथै उनको पक्राउसम्बन्धी अनुसन्धानको मिसिल र लिखित जवाफ समेत पेस गर्न विपक्षीका नाममा आदेश जारी गरेको हो।
दाहाललाई प्रहरीले गत आइतबार मोरङको बेलबारीबाट पक्राउ गरेको थियो। उनी पक्राउ परेपछि उनकी छोरी डेनिका दाहालले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्।
उक्त निवेदनमाथि सुनुवाइ गर्दै अदालतले आदेश प्राप्त भएको मितिले बाटाको म्यादबाहेक २४ घण्टाभित्र दाहाललाई अदालतमा उपस्थित गराउन भनेको हो।