• २०८३ असोज ६
  • 2026 September 22, Tuesday

सुगौली सन्धि सम्झाउने पन्चमुखी महादेव मन्दिर, जसको दुईसय बर्षको इतिहास छ

काठमाडौं । महाकाली पश्चिम सुगौलीको वृहत इतिहास छ । नेपाल र तत्कालीन ब्रिटिस भारतबीच सन् १८१६ मार्च ४ मा सुगौली सन्धि भएको स्थान अहिले पनि उत्तिकै चर्चित र महत्वपूर्ण मानिन्छ ।

तत्कालीलन बेतिया राज्यमा रहेको सुगौलीमा अहिले पन्चमुखी महादेवको मन्दिर निर्माण गरिएको छ । तत्कालीन बेतियाका राजा आनन्द किशोरले सन् १८२० तिर सुगौली सन्धिको स्मृतिमा उक्त मन्दिर स्थापना गरेका थिए ।

सुगौलीका अध्येता एवम जानकार जितेन्द्र तिवारीले नेपाल र भारतबीचको सम्बन्ध औपचारिक कूटनीतिक सम्बन्धमा मात्र सीमित नरहेको बताउँदै सुगौली एवम बेतिया क्षेत्रको अलग्गै पहिचान रहेको बताए ।

तिवारीले नेपाल र भारतबीचको सम्बन्ध औपचारिक कूटनीतिक सम्बन्धमा मात्र सीमित नभई लामो समयदेखि पुर्ख्यौली मित्रतामा आधारित रहेको बताए ।

उनले भने, ‘नेपाल र भारतबीचको सम्बन्ध केवल दुई देशबीचको औपचारिक सम्बन्ध मात्रै होइन, यो पुर्ख्यौली मित्रताको रूपजस्तो लाग्छ । सयौँ वर्षदेखि नेपालका राजा—महाराजाहरूले भारतसँग मित्रवत् सम्बन्ध राख्दै आएको छ ।’

उनले नेपाल र भारतबीचको सम्बन्ध सयौँ वर्षदेखि मित्रवत् रहँदै आएको उल्लेख गरे । उनले दुवै देशले सुख–दुःखमा एकअर्कालाई साथ दिँदै आएको बताए ।

ब्रिटिस इन्डिया सरकारको समयमा नेपाल र भारतबीच भएको सम्झौता तथा सीमांकनपछि हालको नेपाल–भारत सीमा कायम भएको उनले बताए ।