• २०८३ असोज ७
  • 2026 September 23, Wednesday

परराष्ट्रमन्त्री खनालको भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा आज न्युयोर्कमा भारतका विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरेका छन् ।

भेटमा मन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीपछि भारत सरकार र जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको महत्वपूर्ण सहयोगप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

भेटका क्रममा दुवैले आपसी हितका विभिन्न विषयमा विचार आदानप्रदान गरेका छन् । उनीहरूले नेपाल र भारतबीच लामो समयदेखि रहँदै आएको निकट सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।